ट्रकले ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती र छोरा घाइते

चितवन, १२ चैत । चितवनमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवरा एकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन ।

मंगलबार बिहान करीब साढे ९ बजे खैरहनी नगरपालिका १ ज्यामिरेमा पूर्वदिशाबाट आइरहेको ना ४ ख ९९८१ नं को ट्रकले विपरीत दिशामा गइरहेको ग १४ प ५५७२ नं को मोटरसाइकललाई ठक्कर दिँदा होमबहादुर मगरेको मृत्यु र उनकी श्रीमती र छोरा घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सिन्धुली जिल्ला जुगेडी नगरपालिका ८का मोटरसाइकल चालक ४० वर्षीय होमबहादुर मगर रहेका छन् । घाइते मृतक होमबहादुरकी ३० वर्षीया श्रीमती कोमली मगर र आठ वर्षीय छोरा लीलाबहादुर पुलामीको अवस्था समान्य रहेको बताइएको छ ।

ठक्कर ट्रकका चालक ट्रकसहित फरार रहेकाले खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आजदेखि लागु हुने गरी अन्डा प्रतिक्रेट

काठमाडौँ, ७ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ सय रुपैयाँले

काठमाडौँ, ७ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ७ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate