ट्रकको ठक्करबाट लेखापालसहित २ को मृत्यु

कैलाली, १२ चैत । कैलालीमा मिनीट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ ।

सोमबार साँझ साढे सात बजे कैलालीको गोदावरी नगरपालिका–९ बल्मीमा दुर्घटना हुदा जिल्ला समन्वय समिति कैलालीका लेखापाल तेजबहादुर रावल र डडेल्धुरा नवदुर्गा गाउँपालिकाका वीरबहादुर रावलको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से३प ९४२९ नंको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भे१ख १४१४ नंको मिनीट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते दुवैको सेती अञ्चल अस्पताल धनगढीमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ फागुन । सर्लाहीमा बेहोस भएका मतदान अधिकृतको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ४२ वर्षीय रघुनाथ महतो छन् ।

काठमाडौँ, १९ फागुन । धनुषाको मिथिला नगरपालिकामा शंकास्पद वस्तु विस्फोट हुँदा दुई बालबालिका घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, १९ फागुन । भक्तपुरबाट हतियारसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–९ घर भई

काठमाडौँ, १९ फागुन । बजारमा सागको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार पछिल्लो