नवलपरासी, १२ चैत । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नवलपरासी जिल्ला इञ्चार्ज सुमन ज्ञवाली र पूर्वी नवलपरासीका जिल्ला सदस्य धनबहादुर मर्दनियालाई प्रहरीले सोमवार राति घरबाटै पक्राउ गरेको छ ।
पक्राउ परेका नेकपाका जिल्ला सदस्य मर्दनिया कावासोती १५ शेरगञ्जका हुन् । उनी सेन्टपोल बोडिङ्ग स्कुल गोछडाका शिक्षकसमेत भएको बताइएको छ ।
पक्राउ परेका उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय, कावासोती नवलपुरमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अर्जुन रानाभाटले जानकारी दिए ।





