फिल्म क्षेत्रको अहित हुने काम गर्दिनँ : अध्यक्ष भट्टराई

काठमाडौँ, ११ चैत । चलचित्र विकास बोर्डको अध्यक्ष केशव  भट्टराईले फिल्म क्षेत्रको अहित हुने काम कहिल्यै नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सोमवार नवनियुक्त अध्यक्ष भट्टराईले पदभार ग्रहण गर्दै आफू बोर्डमा राजनीतिक कार्यकर्ताको रुपमा नरहने साथै फिल्म क्षेत्रका कुनै पनि संघ-संस्थामाथि आफ्नो हस्तक्षेप नरहने बताए ।

उनले भने, अड्किएर बसेको राष्ट्रिय चलचित्र नीति पूर्ण रुपमा कार्यान्वयन गर्न म कटिबद्ध भएर लाग्नेछु र त्यसको चाँडै अनुभूती पनि गर्न सक्नुहुनेछ । अहिले टट्कारो रुपमा रहेको बक्स अफिस कार्यान्वयन गर्न पनि म कुनै कसुर बाँकी राख्दिनँ ।’

भट्टराईले सरकारसमक्ष १६ वटा बुँदाहरु प्रस्तुत गरेकोमध्ये केही महत्त्वाकांक्षी कार्ययोजना राखेको र त्यो तत्काल सार्वजनिक नगर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर