महेन्द्र शान्ति परिक्षा केन्द्र बालकोटमा एसईईका परिक्षार्थी छात्रालाई स्यानीटरी प्याड

भक्तपुर ११ चैत । आइतबारदेखि शुरु भएको माद्यमिक शिक्षा परिक्षा (एसईई) का परिक्षार्थीहरुका लागि महेन्द्र शान्ति मावि बालकोटले परिक्षाको लागि आवश्यक पर्ने मसी भर्ने इंक स्टेशनदेखि महिनावारी भएका छात्रा परिक्षार्थीहरुका लागि स्यानीटरी प्याड समेतको व्यवस्था गरिदिएको छ । सो केन्द्रबाट १ सय ५३ छात्राले एसईई परिक्षा दिइराखेका छन् ।

यो वर्षदेखि मात्रै एसईइ परिक्षा केन्द्र तोकिएको सो विद्यालयमा परिक्षार्थीहरुका लागि झोला राख्ने व्याग स्टेशनदेखि प्राथमिक उपचार बाकस ‘फस्र्ट एड बक्स’ सम्मको व्यवस्था गरिएको परिक्षा केन्द्राध्यक्ष एवम् महेन्द्र शान्ति माविका प्रधानाध्यापक गोपाल विक्रम थापाले बताउनुभयो ।परिक्षालाई स्वच्छ, निश्पक्ष, मर्दादित, भयरहित र व्यवस्थित बनाउन तथा परिक्षार्थीलाई कुनै तनाव विना निर्धक्क भई परिक्षा दिने वातावरण बनाउन विद्यालयले सक्दो प्रयास गरिएको पनि केन्द्राध्यक्ष थापाले बताउनुभयो ।

पहिलोपल्ट एसईई परिक्षा केन्द्र बनेको सो विद्यालयमा त्यस भेगका नीजि र सामुदायीक गरि ११ विद्यालयका १४० छात्रसहित २९३ परिक्षार्थी सहभागी भएका छन् । विद्यालयको तर्फबाट परिक्षाको पहिलो दिन आइतबार सबै परिक्षार्थीलाई टिका लगाएर स्वागत गरिएको थियो ।

गोपाल विक्रम थापा केन्द्राध्यक्ष तथा सहायक केन्द्राध्यक्ष रामचन्द्र भट्टराईसहित १७ जना शिक्षकहरु परिक्षा केन्द्रमा खटिएका छन । यसैवर्ष थपिएको सो परिक्षा केन्द्रको भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले परिक्षाको अनुगमन गरि भक्तपुरकै पहिलो नमुना परिक्षा केन्द्र भएको भन्दै प्रशंसा गरेका छन् । यसकासाथै सुर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत र सो वडा (वडा नं २) का अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलनाथ आचार्य ले पनि परिक्षा अनुगमन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, ४ असोज । नुवाकोटका कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह