भक्तपुरमा एसइइ परिक्षा : समन्वय इकाई प्रमुखलाई पनि प्रवेश पास

भक्तपुर, ११ चैत । आइतवारदेखि शुरु भएको एसइई परिक्षालाई व्यवस्थित तथा मर्यादित बनाउने क्रममा भक्तपुरमा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख हरि प्रसाद दाहाललाई समेत प्रवेश गर्न पासको आवश्यकता परको छ ।

भक्तपुर इङ्लिस स्कुलमा परिक्षा केन्द्रको रुपमा रहेको आस्था महिला विद्यालयमा परिक्षाको नियमित निरिक्षणका क्रममा पुग्नुभएका प्रमुख हरिप्रसाद दाहाललाई परिक्षाको सुरक्षामा खटिएका प्रहरीले प्रवेश पास नभएसम्म निरिक्षण गर्न परिक्षा केन्द्रमा प्रवेश गर्न रोक लगाएका थिए । परिक्षा केन्द्रका प्रधानाध्यापक आएपश्चात मात्र सुरक्षाकर्मीले प्रमुख दाहाललाई निरिक्षणका लागि प्रवेश दिइएको थियो ।

उक्त विद्यालयमा ५३ वर्षिया मिना आले मगरले आफ्ना वालवच्चासँगै एसइई परिक्षा दिनुभएको छ । यसै गरी समग्रमा भक्तपुर जिल्लामा परिक्षा मर्यादित रुपमा सञ्चालन भइरहेको अधिकाशं विद्यालयहरुले जनाएका छन् ।

देश भरबाट दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा रहेका छन् । परीक्षामा देशभर एक हजार ९६९ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने एक हजार ९६९ केन्द्राध्यक्ष, तीन हजार १६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५३५ सुरक्षाकर्मी परिचालित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, ४ असोज । नुवाकोटका कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह