राज्य निरीह संस्था हैन, चूप लागेर बस्न मिल्दैन : बरिष्ठ नेता नेपाल

चितवन, ११ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राज्य निरीह संस्था नभएकाले यसलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्न नमिल्ने बताउनुभएको छ ।

चितवनमा सोमवार पत्रकारसँगको भेटघाटमा उहाँले आपराधिक गतिविधि गर्ने जोकोहीप्रति राज्य निरीह बन्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राज्य भनेको निरीह संस्था होइन, राज्यलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्ने कुरा हुँदैन ।”

उहाँले डा सिके राउतको समूहलाई विखण्डनको बाटोबाट संविधानत राज्यको मूलधारमा ल्याउनु राम्रो भएको बताउनुभयो । सरकार सञ्चालनका बारे पत्रकारको जिज्ञासामा उहाँले सरकार र पार्टी सञ्चालनमा सचिवालयमा सरसल्लाह हुनुपर्नेमा जोड दिनुभयो । नेता नेपालले कुनै विषयमा आलोचना भएका खण्डमा वा केही प्रष्ट गर्नुपर्ने भएमा त्यसलाई प्रष्ट पार्नुपर्ने र नेतृत्व फराकिलो हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेकपा जनवादी केन्द्रीयताको सिद्धान्त र सामूहिक नेतृत्वको आधारमा चल्ने पार्टी हो जहाँ व्यक्तिविशेष सर्वैसर्व हुदैन ।”

उहाँले पार्टीका तल्ला कमिटी र जनवर्गीय सङ्गठनको एकताको प्रसङ्गमा नेता नेपालले पार्टी अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्किएपछि छलफल गरेर टुङ्गो लगाइने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ मंसिर । पहिलो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ७७ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) फाइनलमा प्रवेश

काठमाडौँ, २३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिमले विराटनगर किंग्स विरुद्ध १५६ रनको लक्ष्य प्रस्तुत गरेको

काठमाडौँ, २३ मंसिर । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अक्शनका लागि ३ सय ५० जना खेलाडीको सूची सार्वजनिक भएको

काठमाडौँ, २३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनमा लिग चरणका खेलहरु सकिएका छन् । आज पहिलो क्वालिफायरमा अङ्क