हेटौँडा, ११ चैत । दोस्रो भूगर्भ सिमेन्ट शहीद स्मृति फुटबल प्रतियोगिता अन्तर्गत आज नेपाल पुलिस क्लब र फ्रेण्डस क्लब भिड्दै छ ।
मकवानपुर फुटबल संघको आयोजनामा हेटौँडा–१० स्थित वनविज्ञान खेल मैदानमा हुने फुटबल प्रतियोगितामा पुलिस क्लब र फ्रेण्डस क्लब खेल्ने भएका हुन् ।
आइतबार भएको खेलमा क्यामरुनी क्लब दाफिन्सले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई १–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थिए ।
प्रतियोगिताको विजेताले नगद आठ लाख रुपैयाँ र उपविजेताले नगद चार लाख रुपैयाँ प्राप्त गर्ने छन्।






