युरोकप छनोट खेलमा नेदरल्याण्ड्समाथि जर्मनीको सानदार जित

एजेन्सी, ११ चैत । युरोकप छनोट अन्तर्गत खेलमा जर्मनीले नेदरल्याण्ड्स माथि तीन दुई गोलको अन्तरले जित हासिल गरेको छ  ।

खेलको १५ औं मिनेटमा सानेले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । त्यसपछि ३४ औं मिनेटमा नाब्रेले गोल गर्दै पहिलो हाफमा जर्मनी दुई शून्यले अगाडि रह्यो ।

नेदरल्याण्ड्सले दोस्रो हाफमा १५ मिनेटमा दुई गोल फर्काएका थिए । उसका लागि डी लिग्ट र डीपेले एक–एक गोल गरे । यता जर्मनीले भने खेलको ९० औं मिनेटमा गोल गर्दै जित हासिल गरेका थिए ।

समूह आई अन्तर्गत भएको खेलमा बेल्जियमले साइप्रसलाई दुई शून्यले हरायो । बेल्जियमको जितमा खेलको १० औं मिनेटमा इडेन हाजार्ड गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसको आठ मिनेटपछि बाट्सुएइले गोल गर्दै टिमलाई २० मिनेटमा नै दुई शूयले अगाडि राखे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । नेपाल प्रहरीले पनि अब १५/१५ दिनमा तलब पाउने भएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार बजेट सञ्चालन

काठमाडौँ, १० असार । गुल्मीको इस्मा गाउँपालिका–५ रातामाटामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार

काठमाडौँ, १० असार । हुम्लाको सिमकोट गाउँपालिका–७, धारापोरीस्थित ताङलाथुङ हिल्सा सडकखण्डमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, १० असार । रौतहटको गरुडा नगरपालिका–४ स्थित २२० सिसीको पल्सर मोटरसाइकल चोरी भएको ३० मिनेट भित्रै प्रहरीले मोटरसाइकलसहित  दुई