युरोकप छनोट खेलमा नेदरल्याण्ड्समाथि जर्मनीको सानदार जित

एजेन्सी, ११ चैत । युरोकप छनोट अन्तर्गत खेलमा जर्मनीले नेदरल्याण्ड्स माथि तीन दुई गोलको अन्तरले जित हासिल गरेको छ  ।

खेलको १५ औं मिनेटमा सानेले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । त्यसपछि ३४ औं मिनेटमा नाब्रेले गोल गर्दै पहिलो हाफमा जर्मनी दुई शून्यले अगाडि रह्यो ।

नेदरल्याण्ड्सले दोस्रो हाफमा १५ मिनेटमा दुई गोल फर्काएका थिए । उसका लागि डी लिग्ट र डीपेले एक–एक गोल गरे । यता जर्मनीले भने खेलको ९० औं मिनेटमा गोल गर्दै जित हासिल गरेका थिए ।

समूह आई अन्तर्गत भएको खेलमा बेल्जियमले साइप्रसलाई दुई शून्यले हरायो । बेल्जियमको जितमा खेलको १० औं मिनेटमा इडेन हाजार्ड गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसको आठ मिनेटपछि बाट्सुएइले गोल गर्दै टिमलाई २० मिनेटमा नै दुई शूयले अगाडि राखे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको