काठमाडौं, १० चैत । एएफसी यू–२३ च्याम्पियनसिप फुटबलमा आज नेपालले कतारसँग भिड्दै छ ।
आज आइतबार कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरको मैदानमा हुने खेलमा नेपालले आयोजक कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपाल र कतारबीचको खेल नेपाली समय अनुसार राती साढे नौ बजेबाट सुरु हुनेछ । शुक्रबार भएको पहिलो खेलमा नेपाल ओमानसँग १–० गोल अन्तरले पराजित भएको थियो ।





