धितोपत्र बोर्डमा लाग्यो ताला : कर्मचारी भित्रै थुनामा

काठमाडौँ, १० चैत । नेपाल धितोपत्र बोर्डमा सेयर बजारका लगानीकर्ताहरुले ताला लगाएका छन् भने कर्मचारी भित्रै थुनिएका छन् ।

सेयर बजार लगानीकर्ता दबाव समूहले आइतबार बिहान जावलाखेलस्थित धितोपत्र बोर्डको कार्यालयमा ताला लगाएको हो । सेयर बजार सुधार र विस्तारका लागि भन्दै केहि सातापहिले चरणबद्ध आन्दोलन गरिरहेको थियो ।

ताला लगाउन समूहका अध्यक्ष हरि ढकाल, महासचिव नयन बास्तोला लगायतको टोलि बिहानै बोर्ड कार्यालयमा पुगेको थियो । दबाब समूहले ताला लगाए पछि एक जना बोर्डका कर्मचारी भित्रै थुनिएका छन् । भित्र थुनिने कर्मचारीको नाम भने खुलाइएको छैन ।

यसअघि नेपाल स्टक एक्सचेन्ज घेराउ हुँदै आमरण अनसनसम्म बसेको लगानीकर्ताहरुको उक्त समूहले आफ्ना पुरानै मागहरु अघि सार्दै गत फागुन २८ गते आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको थियो ।

समूहले आफ्नो मुख्य मागको रुपमा अर्थमन्त्रीको बर्खास्ती रहेको बताएको छ । अर्थमन्त्री डा। युवराज खतिवडा पुँजी बजार विरोधी भएको र उनको बर्खास्ती नभएसम्म सेयर बजारमा सुधार हुन नसक्ने भएकाले बर्खास्तीको माग अघि सारेको समूहले बताउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली संघ (ईयू) का नवनियुक्त राजदूत चार्ल्स ह्वाइटलीले शिष्टाचार भेटवार्ता गरेका छन्

काठमाडौँ, १७ कार्तिक । नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको छ । दुवै पार्टीले एकता

झापा, १७ कार्तिक । मन्त्री प्रतिभा रावल झापाको बुद्दशान्ती नगरपालिका वडा नं ४ का भूमिहीन नागरिकका बस्तीमै पुगेर प्रत्यक्ष भेटघाट

काठमाडौँ, १७ कार्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगामी आर्थिक वर्षदेखि छ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेश सरकारले बजेट