काठमाडौँ, ८ चैत । एन्जल लर्ड एकेडेमी हाईस्कुल कोटेश्वरले २७ औं विश्व पानी दिवस २०१९ मनाएको छ । पानी जीवन हो, यसलाई संरक्षण गरौं भन्ने नारा सहित मनाईएको उक्त कार्यक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले विविध क्रियाकलापहरु गरेका थिए ।
कक्षा १ कि क्रीस्टिना ओलीको “सेभ वाटर, सेफ लाईफ’’ उद्गारबाट प्रारम्भ भएको कार्यक्रममा साहित्य क्लबका विद्यार्थीहरुले पानीको बारेमा कविता वाचन गरेका थिए । क्लबकी निमिसा शंकरले पानीको महत्वका बारेमा कविता सुनाईन भने सोही कक्षाका दृष्या न्यौपानेले अंग्रेजीमा कविता वाचन गरिन । त्यसैगरि कक्षा ७ कि पूजा बस्नेत र ५की सिम्रीका कोइरालाले पनि आफ्ना कविता सुनाए । कार्यक्रममा ओर्याटर्स क्लबका कक्षा ९ की एरिम मगरले पानी सम्बन्धि समाचार वाचन गर्नका साथै कक्षा ६ कि युजिन राईले विचार व्यक्त गरीन ।

विद्यालयका नेपाली शिक्षक तथा नेपाली विभाग प्रमुख उत्तम पौडेलले पानी दिवसको सन्दर्भमा आफ्ना विचारहरु राख्नुभएको थियो । उहाँले पानीको महत्वका बारेमा प्रकाश पार्दै पानीको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको बताउनु भयो । सो अवसरमा विद्यालयका शैक्षिक कार्यक्रम संयोजक टेकेन्द्रराज चेम्जोङले सम्पुर्ण विद्यार्थीहरुलाई पाँच बुद्दे प्रतिबद्धता सहितको सपथ ग्रहण गराउनु भएको थियो।
सामाजिक क्लबका विद्यार्थीहरुको सहभागितामा पानी सम्बन्धि नारा सहितको प्लेकार्ड प्रदर्शनी सहित अन्त्य भएको उक्त कार्यक्रमको संचालन कक्षा ९ का विद्यार्थी द्वय स्मारिका बराल र आयुशा पौडेलले गरेका थिए ।
विद्यालयले गएको गएको आइतबार देखि विश्व पानी दिवसको अवसर पारेर पानी सप्ताह मनाएको थियो । २२ मार्चका दिन संसारभर विश्व पानी दिवसका रुपमा मनाउने चलन छ ।






