काठमाडौं, ८ चैत । आज शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदी स्थिर रहेको छ ।
आज सुन तोलामा २ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, आज चाँदी स्थिर रहँदै प्रतितोला ७ सय ४० रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





