प्रम ओलीद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन : चाँडो सञ्चालनमा ल्याउन निर्देशन

बुटवल, ८ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरी प्रगतिको जानकारी लिदैं चाँडो भन्दा चाँडो विमानस्थल सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ ।

आज बिहान भैरहवा आउनुभएको प्रधानमन्त्री ओलीले सो विमानस्थलको हालसम्मको कार्यप्रगति सन्तोषजनक भएको भन्दै निर्माण कार्यलाई थप गति दिई निर्माण कार्य सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीका साथ संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढा, नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमसहितले स्थलगत अवलोकन गर्नुभएको थियो ।

यसपछि प्रधानमन्त्री ओलीले चौराहास्थित बुटवल – नारायणगढ सडक खण्डको छ लेनको सडक विस्तार तथा तिलोत्तमा नगरपालिका–१ स्थित निर्माणाधीन प्रदेशस्तरको मेडिकल कलेज उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असार । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । विभागले आज जारी गरेको

काठमाडौँ, १८ असार । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से सूचक ८.७८ अङ्कले

काठमाडौँ, १८ असार । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई सरुवा गरेको छ । आज बसेको

काठमाडौँ, १८ असार । ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा