विराटनगर, ८ चैत । महिला साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र भारत भिड्दै छन् ।
विराटनगरको सहिद रंगशालामा नेपाल र भारतबीचको फाइनल खेल दिउँसो ३ बजे सुरु हुनेछ । नेपालले सेमिफाइनलमा श्रीलंका र भारतले बंगलादेशलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।
सुरुवाती तीन संस्करणको फाईनलमा भारतसँग हारेको नेपालले पछिल्लो संस्करणमा भने सेमिफाईनलमा भारतसँगै पराजित भएको थियो ।





