काठमाडौं, ७ चैत । सानिमा बैंकको संस्थापक सेयरको बिक्रि आज देखि खुला भएको छ ।
२७ लाख १८ हजार ८ सय ३५ कित्ता सेयर सर्वसाधारणका लागि चैत २५ गतेसम्म आवेदन दिन सकिनेछ । सानिमा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १८.२४ प्रतिशतले नाफा गरेको छ ।
आवेदन बिक्रि प्रबन्धक सानिमा क्यापिटल नारायणचौर नक्सालमा आइपुग्ने गरी प्रतिकित्ता कति दरमा लिन चाहेकोे हो सोको मूल्य खुलाई गोप्य शिलबन्दी आवेदन पेश गर्नुपर्नेछ ।
न्युनतम मूल्य १८० रुपैयाँ तोकिएकोले सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ । आवेदन फारम ५०० रुपैयाँ तिरेपछि सानिमा क्यापिटलमा पाइनेछ । आवेदन दिँदा न्युनतम २ लाख कित्ताका लागि दिनुपर्नेछ । सेयरको






