विराटनगर, ६ चैत्र । साफ महिला च्याम्पियनसिप फुटबलमा श्रीलंकामाथि नेपालको शानदार जितसगै नेपाल फाइनलमा प्रवेश गरेको छ ।
बुधबार विराटनगरको शहीद रंगशालामा श्रीलंकामाथि ४–० को फराकिलो जित हासिल गर्दै नेपाल उपाधिनजिक पुगेको हो ।
नेपालले श्रीलंकालाई मध्यान्तरअघि १ र मध्यान्तरपछि ३ गोल गर्दै जित हासिल गरेको छ । नेपालले उपाधिका लागि भारत र बगलादेशबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।





