WOMEN T20 CRICKET वैशाखमा, विजेतालाई १० लाख पुरस्कार

काठमाडौं, ५ चैत । WOMEN T20 CRICKET लिग प्रतियोगिता आगामी वैशाख ७ गतेदेखि विराटनगरमा सुरु हुने भएको छ ।

विराटनगरस्थित बैजनाथपुर क्रिकेट मैदानमा हुने खेलमा ४ फ्रेन्चाइज टोलीको सहभागिता रहने छ । एनसिएल स्पोट्र्स प्राईभेट लिमिटेडको  आयोजनामा हुने प्रतियोगिताको विजेताले १० लाख रूपैयाँ नगद पुरस्कार पाउने भएका छन् ।

उक्त प्रतियोगितामा नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्री (भैरहवा), सीता रानामगर (धनगढी), नेरी थापा (काठमाडौं), करूणा भन्डारी (विराटनगर) टोलीको मार्की खेलाडीका रुपमा छन् ।

प्रतियोगितामा विराटनगर रोअरिङ लायोनेस, भैरहवा क्विन्स, धनगढी वन्डर वुमन र काठमाडौं सुपर च्याम्पियन्स गरि चार टोलीको सहभागिता रहने छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता, हातेमालो र एकजुट भई विकास र समृद्धितर्फ लम्किनु

काठमाडौँ, ३ असोज । आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा