मोजाम्बिकमा भिषण आँधी : १ हजारको मृत्यु, हजारौं प्रभावित

एजेन्सी, ५ चैत । अफ्रिकाका मोजाम्बिकलगायत देशहरू भीषण वर्षापछि आएको इडाई समुद्री आँधीबाट एक हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौं प्रभावित भएका छन् ।

उक्त आँधीबाट जिम्बाब्बे, मलाबी पनि त्यसको चपेटामा परेका छन् । मोजाम्बिकका राष्ट्रपति फिलिप नुसीले आँधीका कारण १ हजार बढीको ज्यान गएको पुष्टि गरेका छन् ।

सोमबार प्रभावित क्षेत्रको हवाई भ्रमण गरेका नुसीले आँधीले विध्वंस मच्चाएको बताएका छन् । आफूले भ्रमणका क्रममा पानीमा तैरिरहेका शवहरू देखेको उनले बताएका छन् । बिहीबार ठूलो वर्षापछि प्रतिघण्टा १७७ किलोमिटरको बेगमा आँधी आएको थियो । बीबीसीका अनुसार, आँधीले बन्दरगाह सहर बेयरामा सबैभन्दा ठूलो क्षति पुगेको छ ।

उद्धारमा सहभागी यूएन एडका एक कर्मचारीका अनुसार बेयराका पाँच लाख मानिसको घर क्षतिग्रस्त भएको बताएका छन् । विश्व खाद्य कार्यक्रमका जेरार्ड बोर्केले आफूले बेयरामा कुनै पनि घर आफूले सहीसलामत नदेखेको बताएका छन् ।

आँधीले विद्युत्त सेवा अवरुद्ध बनेका छन् भने सञ्चारसम्पर्क विच्छेद भएको छ । सडक भाँसिएका छन् । हवाई उडानहरु भने सुचारु अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नयाँ दिल्ली, ३ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री वालेनद्र शाह (बालेन)ले सरकार विद्यमान संविधानप्रति सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् । आज संविधान दिवसको

काठमाडौँ, ३ असोज । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता, हातेमालो र एकजुट भई विकास र समृद्धितर्फ लम्किनु

काठमाडौँ, ३ असोज । आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी