गोवाको मुख्यमन्त्रीमा प्रमोद सहित ११ जना मन्त्रीले लिए सपथ

काठमाडौँ, ५ चैत । भारतको गोवाको आयुर्वेदिक डाक्टर प्रमोद सावन्तले मुख्यमन्त्रीमा सपथ लिएका छन् भने उनीसँगै ११ जना मन्त्री पदको सपथ लिएका छन् ।

उनले मंगलबार बिहानपख दुई बजेतिर राजभवनमा मुख्यमन्त्री पदको सपथ लिए । यसमा महाराष्ट्रवादी गोमान्तक पार्टी ९एमजीपी०का सांसद धवलिकर र गोवा फरवार्ड पार्टी (जीएफपी)का अध्यक्ष एवम् सांसद विजय सरदेसाइ विशेष छन् । बाँकी शपथ लिएकाहरु पुरानै सांसदहरु हुन्, जो पर्रिकर नेतृत्वको सरकारमा पनि मन्त्री थिए । सुधिन धवलिकर र विजय सरदेसाइलाई उपमुख्यमन्त्री पद दिने तयारी भइरहेको भारतीय मिडियाहरुले लेखेका छन् ।

सोमबार दिउँसो मनोहर पर्रिकरको अन्तिम संस्कार पछि गोवामा राजनीतिक सरगर्मी बढेको थियो । आइतबार साँझ केन्द्रीय मन्त्री नितिन गडकरी गोवा आएका थिए । मंगलबार राति अबेर पार्टी र सहयोगी पार्टीका सांसदहरुको समर्थन लिएर उनी राजभवन पुगेका थिए ।

गोवाका पूर्वमुख्यमन्त्री मनोहर पर्रिकरको यही मार्च १७ मा निधन भएको थियो । चार कार्यकालसम्म गोवाको मुख्यमन्त्री बनेका उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिए । मनोहरको निधनपछि भाजपालाई उनको उत्तराधिकारीको चिन्ता थियो । अन्ततः ४५ वर्षीय प्रमोद सावन्तको काँधमा गोवाको जिम्मेवारी आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नयाँ दिल्ली, ३ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री वालेनद्र शाह (बालेन)ले सरकार विद्यमान संविधानप्रति सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् । आज संविधान दिवसको

काठमाडौँ, ३ असोज । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता, हातेमालो र एकजुट भई विकास र समृद्धितर्फ लम्किनु

काठमाडौँ, ३ असोज । आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी