ग्रामरका विद्यार्थीलाई ‘बेस्ट अफ लक’

काठमाडौँ, ४ चैत । यही चैत १० देखि शुरु हुन लागेको माद्यमिक शिक्षा परिक्षा (एसईई) मा सहभागी हुन लागेका ग्रामर पब्लिक स्कुल कोटेश्वरका अग्रज दाईदिदीलाई ९ कक्षाका विद्यार्थीले ‘शुभकामना’ कार्यक्रमको आयोजना गरेका छन् ।

कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल राजकुमार राई र भाईस प्रिन्सिपल सुर्दशन पाण्डेले विद्यार्थीहरुलाई टोकन अफ लभ दिनुका साथै परिक्षा तथा कार्यक्रम संयोजक देउती राई, कराते शिक्षक गौतम घातीलगायत ९ कक्षाका विद्यार्थी प्राञ्ज राई र आँचल सिंहले परीक्षामा सहभागी विद्यार्थीलाई राम्रो अंकका साथ उतिर्ण गर्न शुभकामना दिए ।

२०५७ सालदेखि एसएलसी परीक्षामा आफ्ना विद्यार्थी सहभागी गर्दै आएको ग्रामर स्कुलले यसपटक अर्थात १९ औं समूहको एसईई परिक्षामा ३५ जना विद्यार्थी सहभागी गराउँदैछ ।

वि.सं.२०५१ सालमा स्थापित ग्रामर पब्लिक स्कुलले गत माघमा स्थापनाको रजत महोत्सव अर्थात २५ औं वर्षगाँठ मनाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, ४ असोज । नुवाकोटका कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह