ग्रामरका विद्यार्थीलाई ‘बेस्ट अफ लक’

काठमाडौँ, ४ चैत । यही चैत १० देखि शुरु हुन लागेको माद्यमिक शिक्षा परिक्षा (एसईई) मा सहभागी हुन लागेका ग्रामर पब्लिक स्कुल कोटेश्वरका अग्रज दाईदिदीलाई ९ कक्षाका विद्यार्थीले ‘शुभकामना’ कार्यक्रमको आयोजना गरेका छन् ।

कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल राजकुमार राई र भाईस प्रिन्सिपल सुर्दशन पाण्डेले विद्यार्थीहरुलाई टोकन अफ लभ दिनुका साथै परिक्षा तथा कार्यक्रम संयोजक देउती राई, कराते शिक्षक गौतम घातीलगायत ९ कक्षाका विद्यार्थी प्राञ्ज राई र आँचल सिंहले परीक्षामा सहभागी विद्यार्थीलाई राम्रो अंकका साथ उतिर्ण गर्न शुभकामना दिए ।

२०५७ सालदेखि एसएलसी परीक्षामा आफ्ना विद्यार्थी सहभागी गर्दै आएको ग्रामर स्कुलले यसपटक अर्थात १९ औं समूहको एसईई परिक्षामा ३५ जना विद्यार्थी सहभागी गराउँदैछ ।

वि.सं.२०५१ सालमा स्थापित ग्रामर पब्लिक स्कुलले गत माघमा स्थापनाको रजत महोत्सव अर्थात २५ औं वर्षगाँठ मनाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका गरी २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने तयारी भइरहेको

पोखरा, ९ कार्तिक । पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पोखरा २९ आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय

कपिलवस्तु, ९ कार्तिक । शिवराज नगरपालिका २, हल्लानगरबाट लागूऔषध ब्राउन सुगरसहित एकजना महिला पक्राउ परेकी छन् । आफ्नै घरमा लागूऔषधको

काठमाडौँ, ९ कार्तिक । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म