एनसेलको ‘सुपर सेलर’ योजना

काठमाडाँै, ४ चैत । एनसेलले देशभरि रहेका आफ्ना खुद्रा विक्रेताहरुलाई लक्षित गरी ‘एनसेल सुपर सेलर’योजना ल्याएको छ । यस योजनाअन्तर्गत खुद्रा विक्रेताले बम्पर उपहारस्वरुप कार, युरोप भ्रमण र आईफोन एक्सजस्ता आकर्षक उपहारहरु जित्न सक्छन् ।

यो योजना चैत्र १ गतेबाट लागू भएको छ र १० महिनासम्म सञ्चालनमा रहनेछ । यस योजना अन्तर्गत खुद्रा विक्रेताहरुले प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज गरी चार प्रकारका समूहमध्ये कुनै एक समूहमा आफूलाई सहभागी गराई उपहार पाउन सक्छन् । बम्पर उपहारबाहेक खुद्रा विक्रेताहरुले निश्चित अंक संकलन गरेपछि बाइक, स्कुटर, ५५ इन्चको स्मार्ट टिभी, एअर कन्डिसनर, आईप्याड, इलेक्ट्रिक ट्रेडमिल, वाशिङ्ग मेसिन र ल्यापटपलगायतका विभिन्न उपहारहरु जित्न सक्नेछन् ।

यस योजनामा सामेल हुनका लागि खुद्रा विक्रेताले एनसेलको रिचार्ज कार्ड, सिम कार्ड वा भीएफटी खरिद तथा बिक्रीको कारोबार गरी आफ्नो प्रत्येक कारोबारका आधारमा अंक जम्मा गर्दै गई निश्चित अंक संकलन गर्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको छ ।  आज गोरखाको सहिद लखन गाउँपालिका–३ सिलिङटार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका