इन्डोनेसियामा बाढीले ७३ को मृत्यु, ६० जना वेपत्ता

एजेन्सी, ४ चैत । इन्डोनेसियामा आएको बाढीले कम्तीमा ७३ जनाको मृत्यु भएको छ भने ६० जना बेपत्ता भएका छन् ।

पूर्वी प्रान्त पपुआमा शनिबार साँझबाट सुरु भएको भीषण वर्षाले बाढी आएको र कैयन हताहत भएको बीबीसीले जनाएको छ । रोएटर्सले सेन्तानीमा मात्रै कम्तीमा ५१ जनाको ज्यान गएको जनाएको छ । बाढीले प्रान्तीय राजधानी जयपुरामै ७ जनाको ज्यान लिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएअनुसार, १ सय घरमा क्षति पुगेको छ । लगातारको वर्षाले बाढीको खतरा बढेपछि जोखिमयुक्त स्थानका बासिन्दालाई सरकारले सुरक्षित स्थान रोज्न भनेको छ । करिब ४ हजारले बासस्थान छाडेर सुरक्षित स्थान रोजिसकेका छन् । यसरी सुरक्षित स्थान रोजेका कतिपयलाई सरकारी अड्डाहरुमा आश्रय दिइएको छ ।

बाढीग्रस्त क्षेत्रमा कैयन हताहती भएको अनुमान गरिएको छ । बाढीले पुल तथा सडकहरु भत्किँदा उद्धारकर्ताहरू बाढीग्रस्त क्षेत्रमा पुग्न असुविधा झेलिरहेको बीबीसीले जनाएको छ । उक्त क्षेत्रहरुमा सिर्जित प्रतिकूलताका कारण उद्धार टोली पुग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, ४ असोज । नुवाकोटका कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह