मुख्यमन्त्री पर्रिकरको ६३ वर्षको उमेरमा निधन

एजेन्सी, ४ चैत । भारतीय जनता पार्टीका नेता तथा गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरको ६३ वर्षको उमेरमा निधन भएको छ ।

अग्नाशय क्यानसरका पीडित पर्रिकरको आफ्नै निवासमा आइतबार निधन भएको जनाएको छ । सोमबार दिउँसो ११ बजे मुख्यमन्त्री पर्रिकरलाई केन्द्रीय मन्त्रीस्तरीय बैठकमा श्रद्धाञ्जली दिने कार्यक्रम रहेको छ ।

राष्ट्रपति रामनाथ कोविन्दले ट्वीट गर्दै पर्रिकरको निधन भएको जानकारी दिएका हुन् । प्रधानमन्त्री नरेन्द्र मोदीले पर्रिकर गोवाका आधुनिक नेता र उनको फैसलाले भारतीय रक्षा क्षमता बढाउन मद्दत पुगेको भनी उल्लेख गरेका छन् ।

कम्पालको एसएजी मैदानमा साँझ ५ बजे पर्रिकरको अन्तिम संस्कार हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, ४ असोज । नुवाकोटका कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह