काठमाडौँ, ३ चैत । शेयर बजारमा आइतबार ६ अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ५.९९ विन्दुले बढेर एक हजार १६१.४५ विन्दुमा पुगेको हो ।
स्टकका अनुसार कूल १७२ कम्पनीको १४ लाख ७७ हजार ८९२ कित्ता शेयर रु ३७ करोड १२ लाख ३६ हजार २५२ मा कारोवार भएको छ ।
होटल २०.३६, विकास बैंक ४.६५ र अन्य उपसमूह ०.७१ विन्दुले घटेको छ । यस्तै बैंकिङ ७.६१, जलविद्युत् ९.१, वित्त ६.९२, निर्जीवन बीमा २.४४, उत्पादन ३५.४१, लघुवित्त १, जीवन बीमा ४५.८५ विन्दुले बढेको छ ।
स्टकका अनुसार आशा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.८४, युनाइटेट फाइनान्स ९.५५, श्रीराम सुगर मिल ८.५९, राधी विद्युत् कम्पनी ७.८३, जानकी फाइनान्स ६.८३, सिन्धु विकास बैंकका शेयरधनीले ६.४५ प्रतिशतले कमाएका छन् ।






