काठमाडौं, ३ चैत । म्यानचेस्टर सिटी एफ ए कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको क्वार्टरफाइनलमा स्वान्सी सिटीलाई तीन दुई गोलले हराउँदै सिटी सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको २० औं मिनेटमा ग्रिमेसले पेनाल्टीमार्फत गोल गर्दै स्वान्सीलाई अग्रता दिलाए । ६९ औं मिनेटमा बर्नान्डो सिल्भाले गोल गर्दै अन्तर कम गरेका थिए भने ७८ औं मिनेटमा सिटीले उपहार गोलका कारण खेल बराबरी गर्न सफल भयो ।
पहिलो हाफमा नै दुई गोलले पछि परेको सिटीले दोस्रो हाफमा उत्कृष्ट कमब्याक गर्न सफल भयो । स्वान्सीका नोर्डफेल्डले आफ्नै पोष्टमा गोल गर्न पुगे । खेलको ८८ औं मिनेटमा सर्जियो अगुइरोले गोल गर्दै सिटीलाई अन्तिम चारमा पुर्याए ।






