अध्यक्ष पौडेलद्वारा पत्रकार लामिछानेलाई कडा कारवाहीको माग

काठमाडौँ, २ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले news24nepal TV का पत्रकार रवी लामिछानेलाई तत्काल कारवाहीको माग गर्नुभएको छ ।

अध्यक्ष पौडेलले नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विरुद्धमा बोलेको कुरालाई भत्सना गर्नुभएको छ । अध्यक्ष प्रचण्डले विप्लपले आफुलाई मार्ने पहिलो नं.मा राखेको कुरा जानकारी भएको भन्ने कुरा खुलाएको बारेमा पत्रकार लामिछानेले आफ्नो टेलिभिजन कार्यक्रममा गरेको खण्डनको बारेमा अध्यक्ष पौडेलले कडा रुपमा आपत्ती जनाउनुभएको हो । उहाँले पत्रकारको नाममा कलकं मच्चाउन नपाउने बताउनुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा भन्नुभएको छ, ‘हाम्रो पार्टी अध्यक्ष कमरेड पुष्पकमल दहाल ञप्रचण्ड झका सन्दर्भमा रवि लामीछानेले वोलेको कुरा भर्त्सना योग्य छ । उनको यो अभिव्यक्तिलाई लिएर सरकारले निजलाई कार्वाहीको दायरामा ल्याउन हामी माग गर्दछौं । पत्रकारको खोलमा मच्चाउने छाडा तन्त्र र अराजकतालाई नियन्त्रण गर सरकार । यस्तो बिषय प्रेस स्वतन्त्रता हुन सक्दैन ।’

उहाँले स्वतन्त्र प्रेस अधिकार भन्दैमा कानुनलाई हात लिन नपाईने भन्दै लामिछानेले गरेको व्यवहार खण्डन योग्न मात्र नभई उनी कारवाहीको भागेदारी हुनुपर्ने समेत बताउनुभएको छ । उहाँले स्वतन्त्रताको नाममा अराजक गतिविधि गर्न नपाईने भन्दै जसले जे पनि अनावश्यक रुपमा राष्ट्र, राष्ट्रियता तथा समृद्धिको विरुद्धमा पित पत्रकारीता गर्न नपाउने बताउनुभयो ।

पत्रकार लामिछानेले अध्यक्ष प्रचण्ड विरुद्ध गरेको कार्यक्रम

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ वैशाख । नागार्जुन नगरपालिकाले बिहिवारदेखि कोरोनाका पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कका रहेकाका लागि एन्टिजेन टेष्ट गर्न शुरू गरेको

वीरगञ्ज, २३ बैशाख । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको

बाजुरा, २३ बैशाख । बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर

तनहुँ, २३ बैशाख । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021