आक्रमणका मुख्य आरोपीलाई ५ अप्रिलसम्म हिरासतमा राख्न आदेश

एजेन्सी, २ चैत । न्यूजिल्याण्ड अदालतले आक्रमणका मुख्य आरोपी ब्रेन्टन ट्यारेन्टलाई पाँच अप्रिलसम्म हिरासतमा राख्न अनुमति दिएको छ ।

२८ वर्षीय अष्ट्रेलियन मूलका ब्रेन्टनलाई शनिबार अदालतमा पेश गरिएको थियो । उनीमाथि न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित अलनुर मस्जिदमा आक्रमण गरेर ४९ जनाको ज्यान लिएको आरोप छ ।

शुक्रबार नमाज चलिरहेको बेला उनले अन्धाधुन्द गोली चलाएका थिए । आक्रमणको फेसबुकमार्फत लाइभसमेत गरेका उनलाई प्रहरीले शुक्रबारै नियन्त्रणमा लिएको थियो ।

बीबीसीका अनुसार आक्रमणकारी अष्ट्रेलियन मूलका फिटनेस इन्स्ट्रक्टर हुन् । उनलाई अदालतमा पेश गरिँदा हतकडी लगाइएको थियो । उनले घटना स्वीकार गरेको र जमानतका लागि आग्रहसमेत नगरेको जनाएको छ ।

यो घटना भएको दिनलाई प्रधानमन्त्री जेसिन्डा अर्डनले ‘कालो दिन’को संज्ञा दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २९ बैशाख । भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ

काठमाडौँ, २९ बैशाख । २५ जना जुवाडेलाई  काठमाडौँबाट प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मंगलबार १० लाख ९७ हजार नगदसहित २५

डोटी, २९ बैशाख । कोरोना नियन्त्रण तथा रोकथामका लागि अग्रपंक्तिमा खटिने जिल्लाका १२ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । जिल्ला

महोत्तरी, २९ बैशाख । लागुऔषधसहित महोत्तरीबाट दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार औरही नगरपालिका वडा नम्बर ४ कठुधारबाट सोही

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021