३४ परीक्षार्थी एसइई दिनबाट बञ्चित

पाल्पा, १ चैत । पाल्पा जिल्लाबाट दिने ३४ परीक्षार्थीले हाजिरी नपुग्दा (एसइई) परीक्षा दिनबाट बञ्चित भएका छन् ।

आगामी चैत्र १० गतेदेखि शुरु हुने (एसइई) मा विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेको र अन्य कारणले अयोग्य हुँदा माध्यमिक शिक्षा परीक्षाबाट उनीहरु बञ्चित भएका हुन ।

शिक्षा विकास पाल्पाका अनुसार माध्यमिक शिक्षा परीक्षामा पाँच हजार ३८ सहभागी हुनेछन् । नियमिततर्फ छात्र दुई हजार ३७५, छात्रा दुई ५६१ जम्मा चार हजार ९३६ र पूरक ग्रेड वृद्धितर्फका पुराना ३५, नयाँ ६७ गरी जम्मा १०२ कूल पाँच हजार ३८ सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाले जानएको छ ।

पाल्पा जिल्लाका २६ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर