सरकारले लुटतन्त्र सहदैन, टुलुटुलु हेरेर बस्दैन, एक थोपा रगत रहुन्जेल लडिरहन्छौं : मन्त्री पोखरेल

काठमाडौँ, १ चैत । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले देशमा लुटतन्त्र, अराजक, आतंककारी, विखण्डनकारीले देशलाई अप्ठ्यारो पार्न कसैले सपना देखको भए सरकार टुलुटुलु हेरेर बस्न नसक्ने बताउनुभएको छ ।

शुक्रवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को काठमाडौँ जिल्ला कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले अबको देशको बाटो र आवश्यकता अनुसार सरकार अघि बढ्ने बताउँदै राज्यले आतंककारी गतिविधि गर्न नदिने बताउँदै मन्त्री पोखरेलले बम हानेर मान्छे मार्ने, हतियार पड्काउने अनि मुलुालाई तहसनहस पार्न कुचेष्ठा गरे सरकार कुनै पनि हालतमा चुप लागेर बस्न नसक्ने चेतावनी दिनुभएको छ ।

देशमा आतंक मच्चाउने, राष्ट्रिय अखण्डतामाथि धावा बोल्ने, राष्ट्रलाई विखण्डन गर्ने शक्तिसँग सरकार झुकेर बस्न नसक्ने भन्दै उहाँले राज्यको शरीरमा एक थोपा रगत रहुन्चजेसम्म सरकार राष्ट्रियताको पक्षमा लडिरने बताउनुभयो ।

मन्त्री पोखरेले चन्दा नदिँदा हत्या, पार्टी तथा देशको नेतृत्वमा रहेका व्यक्तिलाई मार्ने योजना बनाउने अनि सरकारले त्यसको रक्षा गर्न विप्लवलाई कुनै पनि गतिविधि गर्न प्रतिवन्ध गरेको स्पष्ट पानुभयो । उहाँल नागरिकअधिकारवादीले एकोहोरो मात्र बुझ्नु हुन्दैन वास्तविकता पनि बुझ्न आग्रह समेत गर्नुभयो ।

सरकार देशको आवश्यकता अनुसार अघि बढ्ने बताउँदै मन्त्री पोखरेलले भन्नुभयो, ‘ विप्लपले खोजेको के हो ? उनको चाहना के हो ? बम हान्ने, हत्या, हिंसा, ठूला नेतालाई मार्ने योजना बनाउने, राज्यमा आतंककारी गतिविधि गर्ने अनि राज्यले चुप लागेर सहिरहनुपर्ने ?’

उहाँले पृथकतावादी आन्दोलन गरिरहेका सिके राउतको व्यवहार प्रति सरकारले मूल्याङ्ककन गरिरहेको बताउँदै सरकारको एउटामात्र विकल्प हुँदै सम्झौता कार्यान्वन नगरे त्यसको विकल्प खोज्ने चेतावनी दिनुभयो । सिकेसँग सम्झौता विप्लवलाई प्रतिबन्ध लगाउनु सरकारको बाध्यता रहेको समेत जानकारी गराउनुभयो । उहाँले सिकेले राज्यको मुल धारका आउन आग्रह तथा संविधानलाई स्वीकार गरेको गरे अनुसार नै सरकार र सिकेबीच सम्झौता गरिएको बताउनुभयो ।

एकता कम्युनिष्ट मिलेर देश बनाउन चाहन्छन भन्ने सन्देस विश्वभर फलाउन चाहेको बताउँदै मन्त्री पोखरेलले सरकारले परिवर्तन मात्र नभई संघिय संरचनाको प्रणालीमा परिवर्तन ल्याई कानुन तथा संरचनाको परिवर्तन गरिरहेको बताउनुभयो ।

एकिकरणको माध्यमबाट नै देशको समृद्धि हासिल गर्न सक्ने भन्दै उहाँले नेकपाको एकिकरण केवल देखाउन र साइन बोर्ड राख्नको लागि मात्र नभई जनताको सारथी बन्नको लागि भएको बताउनुभयो ।

विगतले शिक्षा, प्रेरणा र मार्गदर्शन दिने बताउँदै आगामी दिनमा नेकपाले राजनीतिक र संवैधानीक घोषणा अनुसार विकास र समृद्धिको बाटोमा जनतालाई साथमा लिई तिव्र गतिमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पार्टीको तत्लो कमिटीको एकिकरणको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहल प्रचण्डले तयार पारिरहेको जानकारी गराउँदै मन्त्री पोखरेलले एकताको प्रकृया लगभग अन्तिम चरणमा रहेकोले तत्कालै एकताको सन्देश बाहिर आउने जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ वैशाख । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई

काठमाडौँ, ५ बैशाख । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा साउदी अरेबियाले नेपाललाई

काठमाडौँ, ५ बैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । प्रहरीको उपत्यका अपराध अनुसन्धान

काठमाडौँ, ५ बैशाख । एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा बुधबार नेपालले साउदी अरेबियासँग समूहगत चरणको अन्तिम खेल