निक जोनसकाे गीत बिलबोर्डकाे एक नम्बरमा

काठमाडौँ, २९ फागुन । अमेरिकी पप गायक निक जोनसको गीत अहिले बिलबोर्डको हट १०० गीतहरुको सूचीमा पहिलो नम्बरमा पर्न सफल भएको छ ।

निक जोनसले हालै उनका दाजु र भाइहरुसँग मिलेर एउटा म्यूजिक भिडियो एल्बम ‘सकर’ रिलिज गरेका थिए । उक्त म्यूजिक भिडियोमा अभिनेत्री प्रियंका चोपडा र निक जोनसको केमिस्ट्री देखाइएको छ ।

अभिनेत्री प्रियंकाले आफ्नो खुशीे ट्वीटरमार्फत व्यक्त गरेकी छिन् । प्रियंकाले ट्वीटमा लेखेकी छिन्, ‘जोनस ब्रदर्सको म्यूजिक भिडियो एल्बम ‘सकर’ बिलबोर्डको हट १०० गीतहरुको सूचीमा पहिलो नम्बरमा परेको छ । योभन्दा बढी गर्वको कुरा अरु हुन सक्दैन ।’

निक जोनसले एल्बमको सफलताको खुशीमा प्रियंका चोपडा लगभग १७ करोड रुपैयाँ मूल्य पर्ने मर्सिडिज कार उपहार स्वरुप दिएका छन् ।

प्रियंकाले उक्त कारसँगै पति निक जोनसका साथ तस्बिर खिचाउँदै सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् । प्रियंकाले लेखेकी छिन्, ‘जब पति नम्बर १ बन्न सफल हुन्छन्, तब पत्नीलाई उपहारको रुपमा कार प्राप्त हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँमा २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौँ, २८ वैशाख । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ८ वटा महत्वपूर्ण निर्णयहरु

तनहुँ, २८ बैशाख । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा

पोखरा, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021