काठमाडौं, २८ फागुन । नेपाल बङ्गलादेश बैंक लिमिटेडले ८२, ८३, ८४ र ८५ औं चार नया शाखाहरु संचालनमा ल्याएको छ ।
बैंकले रसुवाको टिमुरे, कन्चनपुरको महेन्द्रनगर, कैलालीको टिकापुर र बाँके जिल्लाको कोहलपुरमा फाल्गुण २६, २७ र २८ गतेबाट उद्घाटन गरि औपचारिक कारोवार शुभारम्भ भएको जनाएको छ ।
सर्वसाधारणहरुलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखाहरु विस्तार गरेको बैंकले जनाएको छ ।
बैंकले ८५ शाखा, ७ एक्सटेन्सन काउन्टर, २ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ६३ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।