विराटनगर, २८ फागन । पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिपछि आफ्नो २ मुख्य कुरा खेलकुद र संस्कृति विकासमा प्राथमिकता रहने बताएका छन ।
मंगलबार विराटनगरस्थित शहीद रंगशालामा पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुदलाई संस्थागत विकास गर्न विद्यालय स्तरदेखि नै थालिएको र खेलकुदको विकासमा सधैं आफू तत्पर रहेको बताएका छन ।
उनले भने ‘राजनीतिपछि सधै मेरो दुई कुरामा प्राथमिकता हुने गरेको छ । एउटा खेलकुद र अर्को संस्कृति विकास’ उनले थपे, ‘राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय सम्बन्ध सुधारका लागि खेलकुद महत्वपूर्ण छ । खेलकुदलाई संस्थागत विकास गर्न विद्यालय स्तरदेखि नै थालिएको छ । म प्रधानमन्त्री हुँदा र अहिले हाम्रो पार्टीले खेलकुदलाई मुख्य प्राथमिकतामा राखेको छ ।’
पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालसँगै भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान ६ राष्ट्र सहभागी रहेका छन् ।