काठमाडौं, २८ फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले निजी विद्यालयहरुलाई सेवामूलक संस्थाको रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन ।
मंगलबार काठमाडौंमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन, नेपाल (प्याब्सन)ले आयोजना गरेको १४ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै मन्त्री पोखरेलले निजी विद्यालयहरुलाई सेवामूलक संस्थाको रुपमा विकास गर्दा त्यहाँ भएको लगानीको सुरक्षा राज्य आफैंले गरिदिने बताएका हुन ।
निजी विद्यालयहरुलाई विशुद्ध सेवामूलक र सार्वजनिक विद्यालयको गुणस्तरलाई सबल बनाउन सरकार लागि परेको बताउदै उनले भने, ‘निजी विद्यालय शिक्षालाई गैरनाफामूलक बनाउनु राज्यको दायित्व भएको र त्यसो गर्दा लगानीकर्ताहरुको लगानीको सुरक्षा गर्न पनि राज्य सचेत रहेको छ ।’
मन्त्री पोखरेलले निजी क्षेत्रका विद्यालयले मुलुकको शिक्षालाई गुणस्तरीय बनाउन योगदान महत्वपूर्ण रहेको बताएका छन ।