नेपालसँग भारतीय सांसदले मागिन माफी

काठमाडौँ, २८ फागुन । आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले माफी माग्दै आफ्नो ट्वीट डिलिट गरेकी छिन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलक्षित ट्वीट गर्दै उनले नेपालबारे गरेको अपमानजनक टिप्पणीबारे ट्वीट बाटै माफी मागेकी छिन ।

उनको ट्वीट : प्रिय भारतवासी, कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला । चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ । नेपालका चौकीदार चोर हुँदैनन् । उनले यस्तो ट्वीट गरेपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भएको थियो ।

माफी माग्दै लेखेकी छिन् : मेरो ट्वीटले नेपालका जनतालाई दुःख पुगेको थाहा पाएँ । यसका लागि म छिमेकी देश नेपालका जनतासँग माफी माग्दछु । कसैको पनि म दुखाउने उद्देश्य थिएन । म तपाईंहरुको भावनालाई ध्यानमा राख्दै ट्वीट हटाएकी छु ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन् । 

काठमाडौँ, ६ बैशाख । डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बिहीबार राष्ट्रियसभा सदस्यमा

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरकार निर्माणबारे प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएको छ । कांग्रेस

काठमाडौँ, ६ बैशाख । सिंहदरबारस्थित दक्षिण गेट अगाडि विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।