एजेन्सी, २८ फागुन । एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’ का लागि आलिया भट्टले रिजेक्ट गरेकी छिन ।
‘बाहुबली २’ पछि ‘आरआरआर’ बनाउन लागेका राजामौलीलाई चाँडै तीन अभिनेत्री फाइनल गर्नुपर्ने छ । राजामौलीले अभिनेत्री आलिया भट्टलाई कास्ट गर्न योजना बनाएका छन् र उनलाई महँगो पारिश्रमिक दिन पनि उनी तयार छन् ।
आलियाको नयाँ फिल्मको सेड्युल निकै टाइट भएकाले राजामौलीको फिल्म छाड्न बाध्य भएकी हुन् । ३ सय करोडमा बन्ने फिल्ममा जूनियर एनटीआर र रामचरण तेजा मुख्य भूमिकामा छन् । यो फिल्मलाई सन् २०२० मा रिलिज गर्ने तयारी छ ।
करण जोहर निर्मित फिल्म कलंकु फिल्मको प्रमोसनमा आलियालाई अब ब्यस्त हुने भएकी छिन । यो फिल्म १९ अप्रिलमा रिलिज हुँदैछ । यसपछि उनको ‘सडक २’ रहेको छ । त्यस्तै फिल्म ‘तख्त’ पनि उनले गर्नै बाँकी छ ।