कोटेश्वर जामको स्थायी समाधान : बालकुमारी – मनोहरा कोरिडोर सञ्चालनमा आउने

काठमाडौँ, २८ फागुन । दशकौंदेखि सवारी जामको पिडामा गुज्रीरहेको कोटेश्वर – जडिबुटी खण्डको जाम स्थायी रुपमा समाधान हुने भएको छ ।

बालकुमारीदेखि मनोहरा कोरिडोर दुई हप्ता भित्रमा एकतर्फी रुपमा सञ्चालनमा आउने भएको छ । कोरिडोर सञ्चालनमा आउने भए पश्चात स्थायी रुपमा जामको समाधान हुने भएको हो । उक्त कोरिडोर सञ्चालनमा आए पछि उपत्यकावासीमा एउटा ठूलै राहत हुने भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत विशेष पहलमा एक टोलीले सोमवार उक्त स्थानमा स्थालगत निरिक्षण गर्दै उक्त निर्णयमा पुगेको हो । निरिक्षणसंगै बालकुमारी पुलदेखि जडिबुटीको पुलसम्मको कोरिडोर सञ्चालनमा आउने भएको हो ।

सांसद बस्नेतलेको नेतृत्वमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, सडक विभागका डिजी रवीन्द्र नाथ श्रेष्ठ, काठमाडौँ सडक डिभिजन कार्यालयका डिई कैलाश श्रेष्ठ, पिआइडीका प्रतिनिधि, नेपाल विद्युत प्राधिकरणका प्रतिनिधि, निर्माण व्यवसायी, स्थानीय जनप्रतिनिधि तथा उक्त स्थानका सरोकारवाला व्यक्तित्वहरुको सहभागितामा भएको स्थलगत निरिक्षण तथा छलफल पश्चात दुई हप्ता भित्रमा एकतर्फि रुपमा यातायात सञ्चालन गर्ने गरी सडिक निर्माण गरिसक्ने सहमति भएको हो ।

पिआइडीले उक्त स्थानको कोरिडोर दुई हप्ता भित्रमा काम सम्मन्न गराई यातायात सहज ढंगले सञ्चालन गर्ने वातावरण सिर्जना गर्ने बताएको छ ।

त्यस्तै उक्त स्थानमा कोरिडोर निर्माण तथा यातायात सञ्चालन गर्न समस्या निम्त्याएका पाँचवटा विद्याुतको पोलहरु तत्कालै प्राधिकरणले एक हप्तामा सार्ने र सडक निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

सांसद बस्नेतले निर्माण व्यवसायीलाई यो हप्ता भित्रमा अधिकाशंका सम्पन्न गरी अर्को हप्तादेखि एक तर्फि गाडी चलाउने गरी काम गर्न निर्देशन दिनुभएको छ । उहाँले कोरिडोर निर्माण गर्दै कुनै सामान्य समस्याहरु उत्पन्न भए त्यहाँका स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला व्यक्तित्वहरुले छलफल गरी उचित निश्कर्षमा पुग्न समेत आग्रह गर्नुभएको छ ।

पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले एक करोड ३० लाखको बेलिव्रिजको टेण्डर प्रकृया अघि बढिसेको र त्यस पछिका बाँकी काम तिव्र गतिमा अघि बढाउन समेत सम्बन्धीत निकायलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ फागुन । फागुन ११, १४ र १७ गतेको मन्त्रीपरिषद बैठकका ३२ वटा महत्वपूर्ण निर्णयहरु सार्वजनिक भएको छ । सञ्चारमन्त्रालयमा

पोखरा, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुमाथि सम्पूर्ण रुपले प्रहार भएको र हरेक परिस्थितिको सामना गर्ने बताएका छन्

काठमाडौँ, १७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते दिउँसो ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् ।

काठमाडौँ, १७ फागुन । सर्वोच्च अदालतले न्यायपालिका र प्रेस जगतले व्यवसायिकताको विकास गर्न सहकर्मीको रूपमा काम गर्नुपर्ने व्याख्या गरेको छ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021