रत्नराज्य माविको कार्यक्रम : डिएसपि काफ्लेलाई ‘उत्कृष्ट नर/नारी पुरस्कार’

काठमाडौँ, २८ फागुन । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपि) गोविन्दराज काफ्लेलाई नगदसहित विन्दा—छत्रप्रसाद बास्कोटा उत्कृष्ट नर/नारी पुरस्कारबाट पुरस्कृत गरिएको छ ।

राजधानीको मध्य बानेश्वरस्थित पुरानो सामुदायीक विद्यालय रत्नराज्य माविको वार्षिक पुरस्कार वितरण समारोहमा संघीय ससंदका सभामुख कृष्णबहादुर महराले पाँचहजार नगद सहित डिएसपि काफ्लेलाई मंगलबार पुरस्कृत गरेका हुन ।

समाजसेवी गोपालप्रसाद तथा सीता बास्कोटाले आफ्ना बुबाआमाको स्मृतिमा विन्दा—छत्रप्रसाद बास्कोटा उत्कृष्ट नर÷नारी पुरस्कार स्थापना गरेका थिए ।

नयाँबानेश्वर वृत्त अन्तर्गत काठमाडौं महानगरपालिकाको १०, ३१ र ३२ वडामा समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत डिएसपि काफ्लेले गरेको विविध कार्यको मुल्यांकन गर्दै सो पुरस्कार प्रदान गरिएको हो ।

नयाँबानेश्वर वृत्तको प्रमुख रहँदा यसअघि तत्कालिन प्रहरी नायव उपरिक्षक तथा हाल प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी उपरिक्षक (एसपि) दानबहादुर कार्कीपछि वर्तमान वृत्त प्रमुख, डिएसपि काफ्ले राम्रो काम गर्ने वृत्त प्रमुखको छवि बनाउन सफल भएका छन ।

कार्यक्रममा सामुदायीक प्रहरी सेवा केन्द्र बानेश्वर १० लाखेचौरका प्रमुख प्रहरी हवल्दार ताराराम दयाल तथा रत्नराज्य लक्ष्मी प्रहरी बीटका प्रहरी हवल्दार गणेशबहादुर तामांगलाई पनि विद्यालयको तर्फबाट सभामुख महराले सम्मान गरे ।

सोही कार्यक्रममा सभामुख लामिछानेले समाजसेवी सुरजचन्द्र लामिछानेको साथै विद्यालयकी प्रधानाध्यापिका डा.गीता शिवाकोटी खरेललाई पनि सम्मान गरे । प्रधानाध्यापिका डा.खरेललाई विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, रत्नश्री आमा समूह र टोलसुधार समितिबाट सम्मान गरिएको थियो ।

सोही अवसरमा विद्यालयका छात्राहरुको लागि शुरु गरिएको रोज बहिनी किशोरी क्लवकी राष्ट्रिय क्लवकी अध्यक्ष रोजिना भण्डारीलाई पनि सम्मान गरिएको थियो ।अध्यक्ष भण्डारीले विद्यालयका छात्राहरुलाई महिनावारीको बेलामा आवश्यक पर्ने स्यानीटरी प्याडको व्यवस्था गरिदिएकी छिन ।

कार्यक्रमलाई सम्वोधन गर्दै सभामुख महराले समुदायसंग मिलेपछि मात्रै सामुदायीक विद्यालयहरुको विकास र सुदृढ हुने बताउँदै सामुदायीक विद्यालयको सुदृढ गरेमा मात्रै सर्वसाधारणको शैक्षिक माग सम्वोधन हुने बताए । मौलिक हकको रुपमा रहेको शिक्षाको विकास गर्नु राज्यको निर्देशनक सिद्धान्तभित्र पर्ने पनि उनले बताए ।

कार्यक्रममा विद्यालयकी प्रधानाध्यापिका डा.खरेलले २०१८ सालमा स्थापना भएको विद्यालयमा हाल २ हजार द्द सय विद्यार्थी अध्ययनरत रहेको उल्लेख गर्दै अन्य सामाुदायकि विद्यालयले विद्यार्थी नभेटेर चिन्तित भएको वर्तमान अवस्थामा आफ्नो विद्यालयमा विद्यार्थी धेरै भएर रँखने ठाउँ नभएकोमा चिन्ता व्यक्त गरीन ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवमणी ओलीको सभापतित्वमा सम्पन्न कार्यक्रमा सांसदहरु दिपेन्द्र श्रेष्ठ र राजेन्द्र गुरुंग तथा काठमाण्डौ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खडगीलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, २ असार । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको

काठमाडौँ, २ असार । सरकारले विपद् प्रतिकार्य योजना सबै मन्त्रालयलाई परिचालित गरेर बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनको

काठमाडौँ, २ असार । जनता समाजवादी पार्टीका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाउनुभएको छ । पार्टीभित्र आन्तरिक विवाद

काठमाडौँ, २ असार । नेपाल तरुण दल केन्द्रीय समितिले आफ्ना सबै कार्यकर्ताहरुलाई बाढी पहिरोबाट विपत्तीमा परेकाहरुको उद्धार तथा राहतको काममा