काठमाडौँ, २८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार राष्ट्रसंघीय महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले आयोजना गर्ने ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकमा राष्ट्रपति भण्डारीले महिलाको स्थिति सम्बन्धमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
अमेरिका भ्रमणमा रहनुभएकी राष्ट्रपतिले भण्डारीले संयुक्त राष्ट्रसंघीय आयोग ९सीएसडब्ल्यु० को ६३ औँ बैठकमा सम्बोधन गर्नुहुने भएको हो । राष्ट्रपति भण्डारीले ‘महिला नेतृत्वले कसरी विश्व परिवर्तन गर्न सक्छ’ भन्ने विषयमा हुने उच्चस्तरीय राउण्ड टेबल कार्यक्रममा समेत सहभागिता जनाउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीसँग राष्ट्रसंघको सचिवालयमा महासचिव एण्टोनियो गुटरेस र अध्यक्ष ग्रेसेसले शिष्टाचार भेट गर्ने कार्यक्रम समेत रहेको छ । मंगलबार साँझ स्टोनियाका राष्ट्रपति क्रोयसियाका राष्ट्रपति र ट्रिनिनिडाडा एण्ड टोबाकोका राष्ट्रपतिसँग पनि भेटवार्ता गरेर राष्ट्रपति भण्डारी चैत १ गते स्वदेश फिता आउनुहुने बताइएको छ ।