भारतले पाकिस्तान जाने तीन नदीको पानी थुन्यो

एजेन्सी, २८ फागुन । भारतले पाकिस्तान जाने तीन नदीको पानी बन्द गरिदिएको छ । केन्द्रीय जल संशाधन राज्यमन्त्री अर्जुन मेघवालले भारत हुँदै पाकिस्तान जाने ब्यास, रावी र सतलज नदीको बहाव बन्द गरिएको बताएका हुन् ।

भारतको केन्द्रीय जल संशाधन राज्यमन्त्री अर्जुन मेघवालले पानी बन्द गरिसकिएको बताएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । राज्यमन्त्री मेघवालले तीन वटै नदीलाई थुनेर पानी जम्मा गर्ने काम भइरहेको बताएका छन् । उनका अनुसार राजस्थान र पन्जाबलाई आवश्यक परेमा यो पानी प्रयोग गर्न अनुमति दिइने छ ।

भारत र पाकिस्तानबीच १९९० मा सिन्धु जल सम्झौता भएको थियो । भारतबाट पाकिस्तानतर्फ बगेर जाने ब्यास, रावी र सतलज नदीसँग सम्बन्धित यो सम्झौता अनुसार पाकिस्तानमा ८० करोड एकड फिट पानीको आपूर्ति हुन्छ । जहाँ भारतले ३।३ करोड एकड फिट पानी पाउँछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, २ असार । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको

काठमाडौँ, २ असार । सरकारले विपद् प्रतिकार्य योजना सबै मन्त्रालयलाई परिचालित गरेर बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनको

काठमाडौँ, २ असार । जनता समाजवादी पार्टीका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाउनुभएको छ । पार्टीभित्र आन्तरिक विवाद

काठमाडौँ, २ असार । नेपाल तरुण दल केन्द्रीय समितिले आफ्ना सबै कार्यकर्ताहरुलाई बाढी पहिरोबाट विपत्तीमा परेकाहरुको उद्धार तथा राहतको काममा