सिकेले सरकारलाई झुक्याउने कुचेष्ठा गरे दिनगन्ती शुरु, त्यसको क्षती महंगो हुन्छ : अध्यक्ष पौडेल

काठमाडौँ, २८ फागुन । नेपाल कम्युनष्टि पार्टी (नेकपा)को प्रभावशाली युवा संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले सरकार र डा. सिके राउतबीच भएका सहमति भन्दा गलत तरिकाले अघि बढे तथा सिकेले सरकारलाई झुक्याउने कुचेष्ठा गरे दिनगन्ती शुरु, त्यसको क्षती महंगो हुने चेतावनी दिनुभएको छ ।

आफ्ना कार्यकर्ताहरुसँगको छलफलमा अध्यक्ष पौडेलले राष्ट्रिय अखण्डता, स्वाधिनतालाई सम्मान गर्दै संविधानत चल्नु सवै नेपालीको कर्तव्य भएको बताउँदै सिकेले सरकारलाई झुक्याउने कुचेष्ठा गरेको भए त्यसको क्षती राउतले तत्कालै व्यहोर्नुपर्ने बताउनुभएको छ । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको पक्षमा विना वर्दिको प्रहरीको रुपमा युवा संघले काम गर्ने बताउँदै अध्यक्ष पौडेलले देशको एक चिम्टी माटो कसैले गुमाउने सपना देखेको भए त्यसको दिनगन्ती शुरु हुने चेतावनी दिनभएको छ । सहमति अनुसार शतप्रतिशत राउतले कार्यान्वयनमा नल्याए कुनैपनि समय इन्काउन्टर हुन सक्ने चेतावनी दिनुभएको छ ।

अध्यक्ष पौडेलले नम्बर एक देखि ११ बुँदासम्म प्रष्टसंग राष्ट्रिय अखण्डता, स्वाधिनता, नेपालीहरुको स्वाभिमान वा देशको एक चिम्टी माटो दिने, गुमाउने कुराका लागि जनमत संग्रह गर्ने भनेर कतै उल्लेख नभएको बताउनुभयो । उहाँले दुई नम्बर बुँदालाई लिएर अहिले कतिपयले जनमत संग्रह भनेर अपव्याख्या गरेकोमा आपत्ती समेत जनाउनुभयो ।

सिके राउतको संगठनकै सहसंयोजकले पनि हाम्रो विषय जनमतसंग्रह होइन भन्ने कुरा स्पष्ट पारेको बताउँदै अध्यक्ष पौडेलले राष्ट्रिय स्वाधिनता र स्वाभिमानलाई बचाउनु मुख्य जिम्मेवारी युवाको भएको बताउनुभयो । उहाँले राष्ट्रिय स्वाधिनता र स्वाभिमानलाई बचाउन जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताउनुभयो ।

अध्यक्ष पौडेलले सरकार सबैको अभिभावक भन्दै वार्ताद्वारा सहमत गराएर त्यो कुरा रोक्नु सरकारको दायित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भलै कोही दिमागमा गलत सोच लिएर हिँडेको होला, तर सरकार त्यसको पनि अभिभावक हो । उसलाई सही मार्गमा ल्याउनु पनि सरकारको दायित्व हो । यही शर्तमा सीके राउतलाई मूलधारमा ल्याइएको हो । त्यही अनुसार नै सीके राउत मूलधारमा आएका छन् । त्यसकारण सरकारको यो कदम इतिहासमा स्वर्णिम अक्षरले लेखिने कुरा हो । यो चानचुने कुरा होइन । देशलाई बचाउने कुरा, यसलाई दरिलो बनाउने कुरा हाम्रो कार्यभार हो । सिके राउतसंगको कुरा सल्टाउँदै गर्दा देशमा विप्लवले चुनौति दिइरहेका थिए । उहाँहरुले नेकपाकै मुक्तिको झण्डा प्रयोग गरिरहुन भएको छ । अब मुलुकलाई शान्त बनाउनका लागि उहाँहरुलाई पनि शान्ति प्रक्रियामा आउन आग्रह गर्छु ।’

सरकारसंगको सहमतिपछि सीके राउतका कार्यकर्ताले जुन किसिमको नारा लगाए, जसरी प्रदर्शन गरे, त्यसले गर्दा सीके राउतले सहमति उल्लंघन गरेकी भन्ने शंका पैदा भएको बताउँदै अध्यक्ष पौडेलले भन्नुभयो, ‘सहमति पालना गर्ने हाम्रो जति दायित्व छ, त्यती नै उनको पनि दायित्व छ । यदि त्यसो भएन भने सरकार आफ्नो कदम चाल्न बाध्य हुनसक्छ । त्यसको क्षती उनले ब्यहोर्नु पर्छ जुन महंगो पर्नेछ ।’

उहाँले भन्नुभयो, ‘सहमतिको मसी सुक्न नपाउँदै केपी ओलीलाई, नेकपालाई वा प्रचण्डलाई कसरी कमजोर पार्न सकिन्छ भनेर धेरै शक्तिहरु लागेका छन् । केही साथीहरु त्यसमा बहकिन्छन् । हाम्रो पार्टीभित्रकै केही साथीहरु पनि केपी ओलीलाई प्रहार गर्न पाए हुन्थ्यो भनेर चाहिने नचाहिने कुरामा लागेका छन् । म दाबाका साथ भन्छु, उहाँ अदम्य क्षमता भएको, मुलकलाई विकासको गतिमा लैजान सपना देख्ने राजनेता हो । सबै खालको आन्दोलनलाई नेतृत्व गर्दै यहाँसम्म ल्याइपुर्याउने निर्णय क्षमता भएका नेता ओली र प्रचण्ड हुन् ।’

उहाँले नेतृत्वलाई प्रहार गर्दा म बलियो हुन्छु कि भनेर घृणित सोच नवनाउन नेतृत्व पंतिलाई आग्रह गर्दै प्रधानमन्त्री केपी ओली सिद्धिदै गर्दा म पनि सिद्धिन्छु भन्ने कुरा सोच्न नेतृत्व पंतिका केही नेतालाई आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो, केपी ओली सिद्धिदै गर्दा म पनि सिद्धिन्छु भन्ने कुरा सोच्नुहोस्, प्रचण्डलाई खुइल्याउँदै गर्दा तपाई पनि खुईलिनुहुन्छ । ड्राइभरको टाउको ताकेर हान्दा दुर्घटना तपाई चढेकै गाडी हुन्छ । त्यसैले केपी ओली र प्रचण्डलाई निशाना बनाएर हान्छु भन्ने सपना नदेख्नुस् ।’

अध्यक्ष पौडेलले सीके र उनका कार्यकर्तालाई भन्नुभयो, ‘यदी तपाईका कार्यकर्ताहरु तपाईको कमाण्डमा छैनन् भनेर भन्नुस्, होइन भने तपाईले सहमति उल्लंघन गर्नुभएको छ । यस्तै भयो भने सरकार उचित कदम चाल्न बाध्य हुनेछ । त्यसले ठूलो समस्या तपाईलाई ल्याउँछ । यो कुरा बुझ्नुस् । यो मुलुक तपाईको पनि हो, मेरो पनि हो । मुलुक बन्दा तपाई पनि बन्ने हो । म पनि बन्ने हो । सबै जनता बन्ने हो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ वैशाख । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको विकासप्रतिको मुर्छित सपनालाई साकार बनाउँदै विभिन्न प्रकारका आयोजनाहरु

काठमाडौँ, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ४३औं प्रधानमन्त्रीको पद तथा गोपनीयताको सपथ लिनुभएको छ । त्यस्तै नवनियुक्त

काठमाडौँ, ३१ वैशाख । स्वास्थ्य उपचारका लागि विदेश जानु पर्ने र उनीहरूसँगै यात्रा गर्ने व्यक्तिको बाहेक अरूको राहदानी जारी नहुने

धनुषा, ३१ वैशाख । कोरोनाका कारण जनकपुर–जयनगर रेल सेवा प्रभावित हुने भएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले नेपाल

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021