विप्लव समूहका दुई जना जिल्ला नेता पक्राउ

रुकुम पश्चिम, २७ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २ जना जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बेलुका मुसिकोट नगरपालिका वडा नं. १० मा लुकेर बसेका जिल्ला कमिटी सदस्यद्वय मुकुन्द रावल र प्रतिरुप बिसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । पक्राउ परेका रावल पार्टीको ४ नम्बर एरियाका सह-इन्चार्ज समेत हुन् ।

फागुन २३ गते न्यू मूनलाइट बोर्डिङ स्कुलको बस तोडफोड गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी निरीक्षक क्षेत्रीका अनुसार उनीहरुलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्धा चलाएर आवश्यक अनुसन्धान भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पुराना नेता एवं पूर्वसांसद डा शङ्करप्रसाद उप्रेतीको निधनप्रति दुःख व्यक्त

झापा, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कमल गाउँपालिका वडा नं २ स्थित कमल खोलाको पक्की पुलको उद्घाटन

काठमाडौँ, १६ फागुन । कोरोना भाइरस संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको मृत्यु भएको छ ।  गैरआवासीय नेपाली संघका

काठमाडौँ, १६ फागुन । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अदालतको अवहेलना मुद्दामा आइतबार १० बुँदे लिखित जवाफ पेश गर्न

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021