‘क्याप्टेन’ देशलाई माया गर्नेले हेर्नपर्नै फिल्म : उपराष्ट्रपति पुन

काठमाडौं, २७ फागुन । उपराष्ट्रपति नन्दकिशोर पुनले ‘क्याप्टेन’ देशलाई माया गर्नेले हेर्नपर्नै फिल्म रहेको बताएका छन

उपराष्ट्रपतिले बिग मुभिजमा पुगेर फिल्म ‘क्याप्टेन’ हेरिसकेपछि प्रतिक्रिया दिदै भने, यो सिनेमाले देश र राष्ट्रियताको कथा उठान गरेको छ । यो चलचित्रले देशप्रतिको माया जागृत गर्छ । म यो चलचित्र निर्माण गर्ने नायक भूवन केसीलाई बधाई दिन चाहन्छु ।’

साथै उनले नायक अनमोल केसीलाई ‘सुपरस्टार’ भन्दै प्रगतीको शुभकामना दिएका छन । उपराष्ट्रपति पुनले उत्कृष्ट कथा उठान गरेको बताउदै देशलाई माया गर्नेहरुले यो चलचित्र हेर्नुपर्ने बताए ।

उपराष्ट्रपतिले नेपाली फिल्म क्षेत्रका ३ नायक राजेश हमाल, भूवन केसी र शिव श्रेष्ठ नै ‘महानायक’ भएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । डोटीमा वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, १६ चैत । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले

काठमाडौँ, १६ चैत । नेपाल विद्युत् प्राधिकरणले तत्काल बक्यौता महसुल भुक्तानी गर्न आग्रह गरेको छ । देशभरका विभिन्न स्थानीय तहले

काठमाडौँ, १६ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस