देश द्रोही सिकेलाई जेल हाल्नुपर्छ, देशको एक चिम्टी माटो पनि गुम्न दिदैनौं : सांसद पहारी

पोखरा, २७ फागुन । गण्डकी प्रदेशका युवा सांसद तथा निवर्तमान युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले सरकारसँग भएको सहमतिलाई उल्लङ्घन गर्ने सिके राउतलाई देशद्रोहको मुद्धा लगाएर जेल हाल्नु पर्ने बताउनुभएको छ ।

पोखरामा आज हेलिकप्टर दुर्घटनामा परि संस्कृति, पर्यटन तथा संस्कृति मन्त्री रवीन्द्र अधिकारीको मृत्युे भएको १३ औ दिनको श्रद्धाञ्जलीसभामा आयोजित कार्यक्रममा बोल्दै सांसद पहारीले राउतले नेपालको सार्बभौमसत्तामाथि ठाडो चुनौती दिएको बताउनुभयो ।

सरकारसँग सहमतिको मसी सुक्न नपाउँदै जनकपुरमा हिजो राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताका विरुद्धमा उनका कार्यकर्ताले गरेको प्रयोग गरेको शब्द तथा व्यवहार नेपालको सार्वभौमसत्ता विरुद्ध भएको उहाँले बताउनुभयो ।

सरकारसँग भएको सहमतिलाई गलत अर्थ तथा गलत शब्द प्रयोग गरी आफ्नो सामाजिक सञ्जालमा लोकतान्त्रीक पद्धति अनुसार तराई मधेसका समस्या जनअभिमतको माध्यमबाट समाधान गर्ने भनि गरिएको भद्र सहमति विपरित उनले आफ्नो फेसबुकमा समेत जनमत संग्रह गर्न सरकार तयार रहेको भन्ने आपत्तीजनक शब्द प्रयोग गरेको र उनका कार्यकर्ताले प्रयोग गरेका शब्दका कारण उनलाई मात्र नभई सिकेका कार्यकर्तालाई समेत देशद्रोहीको मुद्धा लगाई नेपालको कानुन अनुसार जेल हाल्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार र सिके राउतबीच सहमति हुनु स्वागतयोग्य कुरा हो । तर, हिजो जनकपुर र तराईका अन्य जिल्लामा सिके राउतकै उपस्थितिमा उनको समूहले गरेको बिखण्डनकारी गतिबिधि देश बिरोधी हुँदा उनलाई जेल हाल्नु पर्छ । सहमतिको मसी सुक्न नपाउँदै स्वतन्त्र मधेशको नारा लगाउने, पर्चा छपाउने र प्रचार गर्ने उनका कार्यकर्ताहरुलाई पनि राजद्रोहको मुद्दा लगाउनुपर्छ ।’

सरकारसँग गरेको सहमति राउतले आफ्नो स्वार्थपूर्तीका निम्ती प्रयोग गरेको बताउँदै सांसद पहारीले सरकारसँग भएको सहमतिलाई लत्याउने नेपालको सार्वभौम सत्तामाथि सिकेले चुनौति दिनु आफुले खनेको खाल्डोमा आफै पर्ने काम गरेको समेत बताउनुभयो । उहाँले आम नेपाली युवाहरु देशको एक चिम्टी माटो पनि गुम्न नदिने उद्घोष गर्दै नेपालको सार्वभौमसत्ता माथि धावा बोल्ने सिकेको दिनगन्ती शुरु हुने समेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ फागुन । प्रतिनिधिसभामा प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको अत्याधिक बहुमत हुने निश्चित भएको

काठमाडौँ, १७ फागुन । राष्ट्रिय महिला आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल समूहका नेता रघुजी

पोखरा, १७ फागुन । नेकपा ओली समूहका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा (बादल)ले प्रचण्ड–माधव समूह सच्चिने यो अन्तिम अवसर

काठमाडौँ, १७ फागुन । नेपाल कम्युनिस्ट पार्टी नेकपा (विप्लव) समूहका नेता बाबुलाल शाक्य नेकपाको केपी ओली समूहमा प्रवेश गरेका छन्

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021