इथियोपियाको जहाज दुर्घटनाबाट बाचेका एक ग्रिसेली नागरिक

एजेन्सी, २७ फागुन । आइतबार इथियोपियाको राजधानी एडिस अबाबाबाट केन्याको नैरोवीतर्फ जाँदै गरेको जेट विमान उडेको ६ मिनेटमै दुर्घटनामा परेको थियो ।

विमानमा विभिन्न ३३ देशका नागरिक रहेका थिए । विमानमा १ सय ४९ जना यात्रु र चालक दलका ८ जना सदस्य रहेका थिए । बोइङ ७३७ म्याक्स ८ विमान स्थानीय समय अनुसार विहान ८ बजेर ४४ मिनेटमा दुर्घटनामा परेको थियो ।

 दुर्घटनामा परि  विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी), इथियोपियामा कार्यरत नेपाली युवती एकता अधिकारीकाे पनि ज्यान गएकाे छ ।

दुर्घटनामा परेर सबैको मृत्यु भयो। तर ग्रीसका एक जना यात्री भने उक्त दुर्घटनाबाट बाँच्न सफल भएका छन । एन्टोनिस मावरोपालोस यस विमानका १ सय ५० औं यात्री थिए । एयरपोर्टमा दुई मिनेट ढिलो भएका कारण उनले त्यतिबेला त आफैलाई सरापेका थिए तर पछि भने आफू भाग्यमानी भएको भन्दै फेसबुकमा स्टाटस लेखे ।

10 ΜΑΡΤΙΟΥ 2019 – Η ΤΥΧΕΡΗ ΜΟΥ ΜΕΡΑΤρέχοντας να προλάβω την πτήση ΕΤ 302 Αντίς Αμπέμπα – Ναϊρόμπι, που συνετρίβη 6…

Posted by Antonis Mavropoulos on Sunday, 10 March 2019

उनले लेखेका छन, ‘मेरो भाग्यमानी दिन ।’  ‘त्यो दिन म एकदमै तनावमा थिएँ, किनकी समयमै गेटमा पुग्नको लागि कसैले पनि मलाई सहयोग गरेका थिएनन्, र मेराे फ्लाइट छुट्न गयाे ।’ उनले फेसबुकमा आफ्नो टिकटको फोटो खिचेर पनि शेयर गरेका छन् ।

मावरोपोलोस एक गैर नाफामूलक संगठनमा अन्तर्राष्ट्रिय सोलिड वेस्ट एसोसिएशनका अध्यक्ष हुन् । उनी संयुक्त राष्ट्र पर्यावरण कार्यक्रमको वार्षिक सभामा भाग लिन नैरोबी जान लागेका थिए । तर उनी प्रस्थान गेट बन्द भएको कारण दुई मिनेट पछि मात्र त्यहाँ पुगे र विमानमा जान पाएनन् । उनले पछिको उडानको लागि पनि अर्को टिकट बुक गरे तर त्यहाँका कर्मचारीले उनलाई यात्रामा राेक लगाए ।

मावरोपोलोसले आफ्नो पोस्टमा भनेका छन्, ‘एयरपाेर्टका अधिकारीहरुले मलाई एयरपोर्टको प्रहरी चौकीसम्म लिएर गए र मलाई विरोध नगर बरु भगवानलाई धन्यवाद देउ भने । किनकी म मात्रै एक यात्री थिएँ जो ईटी ३०२ को उडानमा चढ्न पाएको थिइन । जुन विमान उडेको केही बेरमै दुर्घटनाग्रस्त भएको थियो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,

काठमाडौँ, १५ चैत । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्