सांसद राईद्वारा जेष्ठ नागरिक विधेयक ‘पहिलो संसोधन’मा तीन कुरा समेट्न आग्रह

काठमाडौँ, २७ फागुन । राष्ट्रिय सभाका सदस्य विमला राई पौडेलले जेष्ठ नागरिक विधेयक पहिलो संसोधनमा तीन वटा जेष्ठ नागरिकलाई अनिवार्य आवश्यक कुराहरु समेट्न आग्रह गर्नुभएको छ ।

आइतवार भएको राष्ट्रिय सभाको बैठकमा उहाँले आफुले जेष्ठ नागरिक सम्बनधी तीनवटा कुराहरु समेट्नलाई विधायन समितिलाई आग्रह गरेता पनि समितले उक्त तीन कुरा नसमेटेकोमा दुःख व्यक्त गर्दै पुनः समेट्नलाई महिला, सामाजिक तथा जेष्ठ मन्त्रालयलाई आग्रह गर्नुभएको छ ।

उहाँले मुल ऐनको दफा २० क उपदफा २ मा जेष्ठ नागरिकको हेरचाह र संरक्षण गर्न स्थानीय तहले जेष्ठ नागरिक सेवा केन्द्र बनाउने भनिएको र त्यसको कार्य चाही आयमूलक कार्य गर्ने भनि तोकिएको भएकाले त्यसलाई संसोधन गरी हेरचाह केन्द्रले आयमूलक साथै शारीरिक तथा मानसिक रुपका अन्य कार्यक्रम गर्ने बनाउनुपर्ने बताउनुभएको छ ।

त्यस्तै उहाँले पछिल्लो समय हेरचाह केन्द्रमा स्वास्थ्य सम्बन्धी शारीरिक तथा मानसिक कार्यक्रमहरु बढी मात्रामा महत्वपूर्ण हुनेमा जोड दिनुभएको छ ।

त्यस्तै स्थानीय जेष्ठ नागरिक समिति गठन गर्ने भनि तोकिएको र त्यसमा समितिले आफैले मात्र काम गर्न नसक्ने भएकाले विशेष गरी गैर सरकारी तथा स्याहार सुसार केन्द्रलाई नियमन गर्ने भन्ने शब्द थप्नुपर्नेमा जोड दिनुभयो ।

सवै जेष्ठ नागरिकहरुलाई एकै ठाउँमा राखी सवैको आवश्यकता एकै प्रकारले समाधान नहुने भएकाले विशेष प्रकारले गर्नुपर्ने भन्दै सांसद राईले अलजाइरिया, डाइमेन्सीया र मानसिक रोगीलाई छुट्टै राखी विशेषज्ञ सहित हेरचाह र उपचारको व्यवस्था गर्नुपर्ने माग गर्नुभएको छ ।
कुनै पनि कुराको संसोधनको कुरा उठ्ने तर प्रतिवेदनमा नसमेटिनु दुःखद् भएको भन्दै उहाँले समिति तथा सम्बन्धीत मन्त्रालयले यसलाई विशेष ध्यान दिई संसोधनको प्रकृया अघि बढाई उक्त तीन कुराहरु समेट्नु पर्नेमा जोड दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावमा दुई तिहाइ बहुमत ल्याउने

काठमाडौँ, १८ फागुन । पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपाल समूहका नेता तथा कार्यकर्ताले जनताको मन जित्न नसकेपछि पुरानो

काठमाडौँ, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले वनसँग सम्बन्धित नीतिहरु बनाउँदा उपभोक्ताहरूको साथ लिएर बनाउने बताउनुभएको छ । मंगलबार

काठमाडौँ, १८ फागुन । सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले  नेत्रविक्रम चन्द विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने बताउनुभएको छ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021