‘जाइरा’को नयाँ रिलीज मिति तय

काठमाण्डाै, २७ फागुन । आशुतोष राज श्रेष्ठले निर्देशन गरेको फिल्म ‘जाइरा’को नयाँ रिलीज मिति तय भएको छ ।

नायिका नम्रता श्रेष्ठलाई मिक्स मार्सल आर्ट खेलाडीको भूमिकामा देखाइएकोउक्त फिल्म आउँदो बर्षको भदौ ६ गते रिलिज हुने भएको हो ।

फिल्मलाई श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर रिलिज गर्न लागिएको बताइएको छ । फिल्ममा नायिका नम्रता श्रेष्ठ, नायक अनुप विक्रम शाही, प्रमोद अग्रहरि, रेमनदास श्रेष्ठ, श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगर लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

नम्रताले उक्त फिल्मका लागि कपाल समेत काटेकी साथै, उनले आफ्नो तौल ५१ केजीबाट घटाएर ४३ केजी पुर्याएकी थिइन् ।

कटामरी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रालिको ब्यानरमा प्रस्तुत भएको हो । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको फिल्मलाई लोकेश बज्रचार्यले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पूर्वीनवलपरासी, १८ फागुन । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको दुम्कौलीमा दुई वटा ट्रक जुध्दा दुवै चालकको मृत्यु भएको छ  भने दुई जना

तनहुँ, १८ फागुन । जिल्लाको व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा गए राति अन्दाजी २ः०० बजेको समयमा आगलागी हुँदा करिब

काठमाडौँ, १८ फागुन । स्यानिटाइजर सेवनका कारण मोरङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने वृद्धवृद्धा हुन्

काठमाडौँ, १८ फागुन । सक्रिय पश्चिमी वायु बाहिरिएसँगै हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021