ब्याजदर नघटे सडक संघर्ष गर्ने व्यापारीको चेतावनी

काठमाडौं, २७ फागुन । बैंकको ब्याजदर तत्काल नघटे सडक संघर्ष गर्ने व्यापारीहरुले चेतावनी दिएका छन् ।

राष्ट्रिय व्यवसायी महासंघले चर्को ब्याजदरका कारण व्यापारीहरु मारमा परेको भन्दै यस्तो चेतावनी दिएको हो । सोमबार नै पत्रकार सम्मेलन गरेर आफ्ना माग र आन्दोलनका कार्यक्रमहरुबारे प्रष्ट पारिने समेत महासंघ अध्यक्ष कटुवालले जानकारी दिएका छन् ।

‘ब्याजदरका कारण व्यवसाय गर्नै नसक्ने र व्यापारका लागि लिएको ऋण घर बेचेर तिर्नुपर्ने स्थिति हुँदा पनि व्यादजर नघटेको उनिहरुको भनाइ छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको मध्यावधिक समीक्षामार्फत राष्ट्र बैंकले ब्याजदरको समस्या समाधान गरेको दावी गरिरहे पनि उद्योगी-व्यवसायीहरु भने सन्तुष्ट हुन सकेका छैनन् ।

७ प्रतिशतमा लिएको कर्जा दोब्बर बढेर १४ प्रतिशतसम्म पुगेको भन्दै उनीहरुले आपत्ति जनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो ट्वान्टी–२० खेलमा नेपाल ‘ए’ बाट लोकेश बमले शतक बनाएका छन् ।  पहिलो टी–२०

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड