देशको एक चिम्टी माटो पनि गुम्न दिंदैनौं, सिकेले सहमती उलङ्घन गरे भयावह स्थिती आउँछ : अध्यक्ष पौडेल

काठमाडौँ, २७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले देशको एक चिम्टी माटो पनि गुन्न नदिने भन्दै डा. सिके राउतले सरकारसँग भएको भद्र सहमति उलङ्घन गरे उनीमाथि भयावह स्थिती आउने चेतावनी दिनुभएको छ ।

आफ्नो सामाजिक सञ्जालमा एक स्ट्टयाटस लेख्दै अध्यक्ष पौडेलले राष्ट्र र राष्ट्रिय अखण्डताको विरुद्धमा आउने जो कोहीलाई पनि युवा संघ नेपालले प्रतिकार गर्ने चेतावनी दिनुभएको छ । प्राण भन्दा प्यारो राष्ट्रिय अखण्डता भएको भन्दै अध्यक्ष पौडेलले सिके राउतले सरकारसँग भएको सहमतिलाई कमजोरी ठाने उनीले खनेको खाडलमा आफै फस्ने र त्यसको नेतृत्व युवा संघले गर्ने समेत चेतावनी दिनुभएको छ ।

उहाँको स्ट्टयाटस जस्ताको तस्तै :

सिके राउतका कार्यकर्ताले जनकपुरमा जे गरे त्यो कुराले सरकारसँगको सहमत उलङ्घन भएको छ । यसरी सहमति उलङ्घन गर्दै जाने हो भने र सहमतिअनुसार नचल्ने हो भने हामी मात्रै चल्नुपर्छ भन्ने हुन्न र त्यसको परिणाम भयावह हुनेछ । यो देशको कुनै भुभाग त के एक चिम्टी माटो पनि हाम्रो प्राण भन्दा प्यारो छ हेक्का रहोस । फेरि पनि सरकारको ईमानदार प्रयत्नलाई कसैले कमजोरी नठाने हुन्छ । देशको सर्वोपरि हित नै हामी सबैको अभिष्ट हुनुपर्दछ । अझै हेर्दै जाउ । आतिनु पर्ने केही छैन । देशलाई बलियो र सम्बृद् बनाउनु नै हामी सबको कर्म र धर्म हो । पपुलर हुन के भन्ने र गर्ने भन्दा पनि देशको हित के गर्दा हुन्छ त्यो सोचौ । विकाउ कुरा हैन टिकाउ कुरा गरौ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ फागुन । हरिवंश आचार्य, नामै काफी छ । नाम सुन्नासाथै जो कोहीका मुहारमा हाँसो छचल्किन्छ । उनले बोल्न थाल्दा

काठमाडौँ, १० फागुन । हलिउड अभिनेत्री जेनिफर एनिस्टनले नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीको प्रशंसा गरेकी छिन् । एनिस्टनले शुक्रबार आफ्नो इस्टाग्राममा

काठमाडौँ, ९ फागुन । बलिउड अभिनेत्री करिना कपुरले दोस्रो सन्तानलाई जन्म दिएकी छन् । आज बिहान मुम्बइको ब्रिज क्यान्डी अस्पतालमा

काठमाडौँ, ९ फागुन । वरिष्ठ अभिनेता तथा क्याप्टेन बिजय लामा अभिनित ‘मान्छे’ बोलको म्युजिक भिडियो रिलीज भएको छ । जीवन शाहीको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021