काठमाडौँ, २७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सरकार र डा. सिके राउतबीच भएको सम्झौतालाई राउतले सतप्रतिशत कार्यान्यन गर्न आग्रह गर्नुभएको छ ।
भक्तपुरका जनप्रतिनिधि तथा अगुवा नेता, कार्यकर्ता, कर्मचारी लगायतसँगको आइतवार भएको छलफल कार्यक्रममा सांसद बस्नेतले पृथकतावादी आन्दोलन गरिरहेका डा. राउतले सरकारसँग गरेको सम्झौता अनुसार पृथकतावादी आन्दोलन छोडी राज्यको मुल्धारमा समाहित भइसकेपछि राज्यको नीति, नियम र सिद्धान्तका आधारमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
जनकपुरमा डा. राउतलाई स्वागतको नाममा उहाँका कार्यर्ताले गरेको गतिविधि सम्झौता विपरित भएको भन्दै सांदस बस्नेतले अराजकता तथा राज्य विरोधी गतिविधिको मानसिकता तत्काल त्याग्न डा. राउत तथा उहाँका कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
पृथकतावादी आन्दोलनबाट राज्यको मूलधारमा समाहित हुँदै युटर्न भई राज्यको नीति नियममा आई शान्तिपूर्ण राजनीतिक गतिविधि गर्न कठिन भएता पनि आफु र आफ्ना कार्यकर्ताबाट कुनै पनि कमि कमजोरी नगर्नलाई विनम्रतापूर्व आग्रह समेत गर्नुभएको छ ।
डा. राउतले राष्ट्रिय हितलाई नै सर्वपरी ठान्नुपर्ने भन्दै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले संविधानत राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डतालाई उच्च प्राथमिकता दिई आफ्ना शान्तिपूर्ण गतिविधिहरु सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसद बस्नेतले वर्तमान समयको माग भनेको राष्ट्रिय हित हुने प्रकारका कामहरु भएको भन्दै राष्ट्र, राष्ट्रिय तथा अखण्डतामा बफादारीताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले अबको देशको अनिवार्य आवश्यकता भनेको नै विकास र समृद्धि भएको भन्दै सवै जनप्रतिनिधि, राजनीतिक दल तथा नागरिकको सहभागिता तथा सहकार्यको आधारमा एक ढिक्का भई आफ्नो गाउँ आफै बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भक्तपुरमा कार्यक्षेत्र बनाई विभिन्न सरकारी निकायका जिम्मेवार व्यक्तिलाई स्वागत समेत गर्नुभएको छ । स्वागतका क्रममा उहाँले भक्तपुर भ्रष्टाचारमुक्त बनाउने अभियानमा सवैले साथ र सहयोग गर्नुपर्ने समेत बताउनुभयो । उहाँले भक्तपुरको विकास र समृद्धि जनताले देख्ने प्रकारको भएकाले आगामी दिनमा अझ वढी प्रभावकारी ढंगले अघि बढ्ने प्रकारका योजनाहरु विभिन्न निकायमा आउनुभएका नयाँने तृत्वपंतिबाट अपेक्षा रहेको समेत बताउनुभयो ।